थप ३६ सय जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

डिसी नेपाल
१५ साउन २०७८ १६:४८

काठमाडौं । शुक्रबार नेपालमा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ७८३ पीसीआर र ४ हजार ८७८ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४६७ र ११४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ । जसमध्ये ६ लाख ५२ हजार २६१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २७ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ८३४ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *