एनआरएनए चीनमा चुनावी सरगर्मी बढ्यो, क्षेत्रीको प्यानल तिब्र प्रचारप्रसारमा

डिसी नेपाल
१५ साउन २०७८ २१:१४

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको चुनावी सरगर्मी बढेको छ। अन्तिम समयसम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रक्रियामा गइसकेको छ।

चुनाव नै हुने भएपछि नेतृत्व लिन आकांक्षीहरु प्यानल नै बनाएर मैदानमा उत्रिएका छन्। यसरी अध्यक्षको उम्मेदवारी दिने मध्ये बुटवल निवासी एम बहादुर क्षेत्री (ओम) पनि एक हुन्। उनी दशकौंदेखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी हुन्। उनले एनआरएनए चीनको विभिन्न समयमा कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, महासचिवसमेत भएर काम गरिसकेका छन्।

उनको टिमबाट उपाध्यक्षमा निवर्तमान सचिव मुकेश श्रेष्ठ उम्मेदवार छन् भने महासचिवमा विजय कुमार श्रेष्ठ उम्मेदवार बनेका छन्। यस्तै दुईजना सचिवका लागि विष्णुहरी भण्डारी र मुकुन्द ढकाल उम्मेदवार बनेका छन्।

यस्तै क्षेत्रीको टिमबाट सहकोषाध्यक्षमा सुरज न्यौपाने, कपिलवस्तु घर भएका मिर्जा राशिद युवा संयोजक पदको उम्मेदवार बनेका छन्। यस्तै सोही टिमबाट नविन किशोर दहाल, नवराज तिमल्सिना, तुलसी न्यौपाने, प्रदिप नेपाल, सन्तोष भट्टराई र प्रदिप सिंह सदस्य पदको उम्मेदवार बनेका छन्।

सोही टिमबाट महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यक्षमा बलराम तामाङ, महिला संयोजकमा पुन्यवति कोइराला निर्विरोध निर्वाचित भइसकेको जानकारी निवर्तमान कार्यसमितिका एकजना सदस्यले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *