प्रहरी जवानको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

डिसी नेपाल
१६ साउन २०७८ १८:१९
164
Shares

डोटी । सदूर पश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा संचालित प्रहरी जवान पदको लिखित परीक्षामा आफ्नो नाममा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली कैलारी गाउँपालिका ७ बस्ने २३ वर्षीय राम नरेश चौधरी, कैलाली धनगढी उपमहानगरपालिका १६ बस्ने २३ वर्षीय सुन्दर चौधरी, बझाङ दुर्गाथली गाउँपालिका ५ बस्ने २० वर्षीय दिपेन्द्र जप्रेल र बझाङ तल्कोट गाउँपालिका ३ बस्टी बस्ने २० वर्षीय सुदिप कुमार रोकाय रहेका छन् । उनीहरूमध्ये रामनरेश, सुन्दर र दिपेन्द्रलाई शुक्रबार र सुदिपलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा लिखित परीक्षामा आफू उपस्थित नभई नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर किर्ते गर्न नहुने सन्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *