एनआरएनए/एनसीसी बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

डिसी नेपाल
१७ साउन २०७८ ११:२५

काठमाडौं । दक्षिणी अफ्रिकी भुपेरिवेष्ठित मुलुक बोत्स्वानामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी)को अध्यक्षमा शान्ती भण्डारी चयन भएकी छन् । सम्पन्न वार्षिक साधारणसभाले भण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

त्यसैगरी, तुलसी कामी अन्तर्राष्ट्रिय परिषद्को सदस्यमा चुनिएकी छन् । सर्वसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् । साधारणसभाको अनुगमनकर्ता पूर्व अध्यक्ष डा.बिपी यादव थिए भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गरेका थिए ।

२० लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । त्यहाँको आम्दानीको मुख्य श्रोत खनिज, खानी, पशुपालन र पर्यटन हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *