एनआरएनए एनसीसी चीनको अध्यक्षमा अग्रवाल निर्वाचित

डिसी नेपाल
१७ साउन २०७८ ११:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीनको रोहित अग्रवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । विगात २ दशकदेखि चीनको दक्षिणी सहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी अग्रवाल २०२१–२०२३ कार्यकालको लागि निर्वाचित भएका हुन् ।
अग्रवाल कहिल्यै पनि विवादमा नतानिएका एक स्वच्छ छबिका व्यक्तिको रुपमा परिचित छन् । उनले कार्यसमितिको सदस्यको रुपमा प्रवेश गरेर दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल संरक्षकमा काम गरेर संस्थामा राम्रो अनुभव बटुलेका व्यक्ति हुन् ।

विजयी भएपछी अग्रवालले सबैसँग सहकार्य गरेर अगाडी बढ़ने बताए । अग्रवालसँगै नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल शर्मा चौलागाई र बिष्णु प्रसाद डुमरु, महासचिवमा यादव अर्याल, सचिवमा राजकुमार खरेल, विष्णुहरि भण्डारी र सहकोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठ विजयी भएका छन् ।

यसैगरी, सदस्यहरुमा प्रदिप नेपाल, तुलसी न्यौपाने, प्रदिप सिङ्ह, सुरज शर्मा, यादब दाहाल, प्रेम प्रसाद सुबेदी, नवराज तिमल्सिना, दिपक अग्रवाल र युवराज थापा विजयी भएका छन् । आगामी कार्यकालको लागी आईसिसि सदस्यमा प्रदिप न्यौपाने, महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यमा बलराम तामाङ र महिला संयोजकमा पुन्यवति सुवेदी कोईराला निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागी वर्तमान महासचिव यमबहादुर क्षत्री (ओम) र संरक्षक रोहित कुमार अग्रवाल अध्यक्ष पदको लागी चुनाबी मैदानमा उत्रिएका थिए भने महासचिवमा यादव अर्याल र बिजय श्रेष्ठ चुनावी मैदानमा थिए । दुवै पदमा भारी मतले रोहित अग्रवाल र यादव अर्यालले बिजयी हासिल गरेका छन ।

रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए भने महासचिव पदमा यादव अर्यालले १२७ भोट ल्याउदा अर्का उम्मेदवारले जम्मा ४३ भोट ल्याएका थिए । उपाध्यक्षमा रोहित पक्षकै निर्मल चौलागाई र बिष्णु डुमरुले बिजय हासिल गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *