यस्तो थियो सोधपुछका लागि बोलाइएका राज कुन्द्रालाई तत्काल गिरफ्तार गर्नैपर्ने खास कारण

डिसी नेपाल
१७ साउन २०७८ १४:३३

काठमाडौं। राज कुन्द्राले आफ्नो गिरफ्तारीविरुद्ध बाम्बे हाइकोर्टमा अपिल गरेका थिए । जसको सुनुवाइको क्रममा सोधपुछका लागि बोलाइएका उनलाई किन तत्काल गिरफ्तार गर्नुपरेको थियो भन्ने खुलासा भएको छ । सुनुवाइमा अभियोजन पक्षकी वकिल अरुणा पइले मुम्बइ पुलिसले राजका २ एपबाट ५१ अश्लील फिल्म जफत गरेको अदालतलाई बताएकी छिन् ।

अरुणा पइले सुनुवाइमा भनिन् ‘राज र रयान थोरेपेलाई यसकारण तत्काल गिरफ्तार गरियो किनकि उनीहरुले ह्वाट्सएप ग्रुप च्याट डिलिट गर्न सुरु गरिसकेका थिए । उनीहरु प्रमाण नष्ट गर्न थालिसकेका थिए । जब कुनै आरोपीले प्रमाण नष्ट गर्न थाल्छ भने जाँच अधिकारी मुकदर्शक हुन सक्दैनन् । त्यसैले उनीहरुलाई रोक्नको लागि गिरफ्तार गरिएको हो ।’

न्यायाधीश अजय गडकरीको बेन्चले भिडियो कन्फ्रेन्समार्फत गरेको सुनुवाइमा अरुणा पइले यी दुईमाथि पोर्न कन्टेन्ट स्ट्रिमिङको आरोप भएको र पुलिसले फोन र स्टोरेज डिभाइसबाट यी सामग्री जफत गरेको बताइन् । अरुणाले राजको तर्फबाट गिरफ्तारीलाई चुनौती दिँदै दायर अपिल अवैध भएको बताइन् । उनले जुन अपराधमा ७ वर्षभन्दा धेरैको सजाय हुन्छ त्यो अभियोगमा गिरफ्तार गर्नुभन्दा पहिले नोटिस दिनु जरुरी नभएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *