विराट कोहलीकी पूर्वप्रेमिका अचानक सामाजिक संजालमा भाइरल

डिसी नेपाल
१८ साउन २०७८ १३:३६

काठमाडौं। क्रिकेटर विराट कोहलीकी पूर्वप्रेमिका अचानक सामाजिक संजालमा भाइरल भएकी छिन् । २०१७ मा अभिनेत्री अनुष्का शर्मासँग बिहे गर्नुभन्दा पहिले विराटको प्रेम प्रसंगका कैयौं चर्चा चलेका थिए । विराटको सम्बन्धको अत्याधिक चर्चा चलेकी अभिनेत्री इजाबेल लेइटे अहिले अचानक भाइरल भएकी हुन् ।

इजाबेल ब्राजिलियन अभिनेत्री तथा मोडल हुन् । उनले हिन्दी फिल्म उद्योगमा पनि काम गरेकी छिन् । इजाबेलले २०१२ मा फिल्म तलाशबाट अभिनय डेब्यू गरेकी थिइन् । यसका उनको भूमिका सानो भएका कारण धेरैले उनलाई ध्यान दिएनन् । २०१३ मा फिल्म सिक्सटिन र २०१४ मा फिल्म पुरानी जिन्समा काम गरेपछि इजाबेल चर्चामा आइन् । यी दुई फिल्म नचले पनि पुरानी जिन्सका गीत भने निकै चर्चित भए ।

इजाबेलले ल्याक्मे ब्युटी प्रोडक्ट, प्रोक्टर एण्ड ग्याम्बल समेत कैयौं विज्ञापनमा पनि देखिएको छ । त्यसपछि इजाबेल दक्षिण भारतीय फिल्ममा काम गर्न थालिन् । उनले तेलुगु फिल्म नरेन्द्र, मिस्टर मजनु, वर्ल्ड फेमस लभरमा काम गरेकी छिन् । इजाबेल र विराटको सम्बन्धको एक समय निकै चर्चा थियो । यी दुईले २०१२ देखि २०१४ सम्म डेट गरेका थिए ।

रिपोर्टका अनुसार इजाबेल र विराटको भेट एक व्यवसायीको पार्टीमा भएको थियो । २ वर्ष डेट गरेपछि यी दुई छुट्टिएका थिए । डेटको समयमा यी दुईले कहिल्यै आफ्नो सम्बन्ध सार्वजनिक गरेनन् । ब्रेकअपपछि भने इजाबेलले एक अन्तरवार्तामा विराटसँग आफ्नो सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । उनले आफूहरु २ वर्ष सम्बन्धमा रहेको र समझदारीमै सम्बन्ध अन्त्य भएको बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *