एनआरएनए एनसीसी नाइजेरियाको अध्यक्षमा वीरेन्द्र गुप्ता चयन

डिसी नेपाल
१८ साउन २०७८ १५:२६

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्र गुप्ता सर्वसम्मतिले चयन भएका छन् । समितिको लेगोसमा सम्पन्न आठौं वार्षिक साधारणसभाले गुप्ताको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन् । महासचिवमा सोमेश अर्याल, सचिवमा सञ्जय थापा र टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ, युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

कार्य समितिको सदस्यहरूमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना), राजु धिताल (साङ्गो वटा), कृष्ण थापा(भिआई), सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुषाल (कानो), खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर (लेगोस) चयन भएका छन् ।

आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिएका छन् । समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् । समितिको संरक्षकहरूमा हिक्मत थापा, संजीव क्षेत्री र बिदुर घिमिरे छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *