एनआरएनए एनसीसी नर्वेको अध्यक्षमा शाही निर्वाचित

डिसी नेपाल
१८ साउन २०७८ १७:१४

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १ सय ८ मतले पराजित गरेका हुन् ।

शाहीले २ सय ९३ मत पाउँदा बस्नेतले १ सय ८५ मत ल्याए । सचिवमा विजयी काफ्ले निर्वाचित भएका छन् । काफ्लेले प्रतिद्वन्द्वी अशिम लम्साललाई ४ भोटले हराउँदै विजयी बने । नर्वेमा अध्यक्ष र सचिवबाहेक सबै पदाधिकारी यसअघि नै निर्विरोध चुनिएका थिए ।

समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् । यस्तै महासचिवमा विष्णु गौतम रहेका छन् । यसैगरी युवा संयोजकमा विक्रम बस्नेत र महिला संयोजकमा प्रवीणा मुनाकर्मी निर्विरोध चुनिएका छन् ।

निर्वाचित सदस्यमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना रहेका छन् भने आइसीसी सदस्यमा राजु आर्याल निर्विरोध निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *