एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित

डिसी नेपाल
१८ साउन २०७८ २१:५७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । आइतबार सम्पन्न निर्वाचनमा खनालले प्रतिस्पर्धी मिन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पारेकी हुन् ।

खनाले २ सय ४८ मत प्राप्त गर्दा श्रेष्ठले २ सय १० मत मात्र प्राप्त गरे । पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ । २०१३ मा कार्यसमिति सदस्य भएर एनआरएनमा क्रियासिल भएकी खनालले २०१५ देखि २०१७ सम्म महिला संयोजक र २०१७ देखि २०२१ सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् । खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन् ।

निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भण्डारी र एकबहादुर मल्लबीच २ सय २५ मतको बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मतसहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका छन् ।

सचिवमा दुई सय ५२ मतका साथ कमल विक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए भने सदस्यहरुमा सुमित्रा थापा, सुजिता सिटौला भट्टराई, मान बहादुर सेन्चुरी, राजेन्द्र बाबु श्रेष्ठ, लक्ष्मण मल्ल निर्वाचित भएका छन् ।

मत परिणामः—




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *