पोखरीमा डुबेर बालकको मृत्यु

डिसी नेपाल
१८ साउन २०७८ २०:४०
52
Shares

सप्तरी। सप्तरी जिल्लाको राजबिराज नगरपालिका १ चनौरा टोलमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। सप्तरी राजगढ ३ नर्घोका घुरन रामको ७ बर्षका छोरा उमेश रामको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।

चनौंरास्थित मामाघर पाहुना आएका बालकको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। मृतक बालकको शवलाई आवश्यक प्रक्रिया पूरा गरि परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज ल्याईएको छ। घटनाको सम्बन्धमा थप अनुसान्धन भई रहेको सप्तरीका प्रहरी प्रबक्ता काफ्लेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *