सडक दुर्घटनामा दुईजनाको मृत्युु

डिसी नेपाल
१८ साउन २०७८ २०:५०

सप्तरी। सप्तरीमा सोमबार बेलुका सडक दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–४ अमाहास्थित दुर्घटना भएको हो।

दुर्घटनामा लहान–१७ का २८ वर्षीय रामाशंकर यादव र शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना हुँदा एक महिलासहित दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि पठाइएको छ भने घटनाको विस्तृत जानकारी संकलन भइरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *