इजरायल रोजगारीका लागि खुलाइएको अनलाइन फारममा समस्या

डिसी नेपाल
१९ साउन २०७८ १०:०१

काठमाडौं । यही साउन १२ गतेदेखि एक हजार नेपाली युवालाई इजरायल रोजगारीमा पठाउन खोलिएको अनलाइन फारममा समस्या आएको छ । वैदेशिक रोजगार विभागद्वारा जारी सूचनाका अनुसार अनलाइन फारम भर्न यहि साउन १८ गतेदेखि समस्या आएको हो ।

विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्र(एनआईटीसी) अन्तर्गत ‘जीआईडीसी’मा भएको पावर फेलियरका कारण अनलाइन फारम भर्ने प्रणाली (ferms.dofe.gov.np) सर्भरमा समस्या आएको जनाएको छ । साथै, प्रणाली चाँडै सुचारु हुने जानकारी गराइएको छ ।

सरकारले इजरायल रोजगारीका लागि ७ सय महिला र ३ सय पुरुष गरी १ हजार जना नेपाली कामदार इजरायल पठाउन अनलाइन आवेदन माग गरेको थियो ।

उक्त आवेदन कुनै पनि म्यानपावर कम्पनी वा प्राइभेट सेक्टरबाट नभई सरकारी संयन्त्रमार्फत अर्थात् सरकारी तबरबाट जान पाउने गरी खुलाइएको हो । जुन, नेपाल सरकार र इजरायल सरकारको सम्झौता भए अनुसारको आवेदन माग गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *