एनआरएनए एनसीसी चेक रिपब्लिकको अध्यक्षमा पन्थी निर्वाचित

डिसी नेपाल
१९ साउन २०७८ १२:१७

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् । आगामी २०२१–२०२३ को छैँठौ कार्यसमति आपसी सहमति पश्चात अगष्ट १ का दिन सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह क्षेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा, युवा उपाध्यक्षमा रेम्बो जिसि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल, सचिवमा गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी चयन भएका छन् ।

त्यसैगरी, कोषाध्यक्ष सुजन तिम्सिना, सहकोषाध्यक्षमा नविन न्यौपाने, युवासंयोजकमा सुजन देबकोटा, युवा सहसंयोजकमा दिल बहादुर बल तथा महिला संयोजकमा पवित्रा थापामगर चयन भएका छन् ।

समितिको सदस्यहरुमा भेशमराज पराजुली, सुशिल सुबेदी, केशव राज धिताल, दिनेश भण्डारी, बासु पन्त र बिशाल फुयाल चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *