प्रधानमन्त्रीको मौखिक आदेशमा रोकियो डा. जागेश्वर गाैतमकाे सरूवा

डिसी नेपाल
१९ साउन २०७८ १३:०३
2.6k
Shares

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड युनिफाईड केन्द्रीय अस्पताल (वीर) का प्रमुख प्रशासकीय डा. जागेश्वर गौतमलाई सरुवा गर्ने निर्णय स्थगित गर्न आदेश दिएका छन। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य मन्त्रालयले गरेको निर्णय फिर्ता लिन मौखिक आदेश दिएका हुन।

यसअघि आइतबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी उक्त जिम्मेवारी दिएका थिए। राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए।

यस्तै प्रधानमन्त्री देउवाले गौतमसहित अन्य तीन जना को जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन्। स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए। स्वास्थ्य राज्य मन्त्रीलाई देउवाको मातहतमा रहने गरी मन्त्रिमण्डलमा समावेश गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *