राज कुन्द्राकी सहकर्मी हिरोइन गहना वशिष्ठ इन्स्टाग्राममा निर्वस्त्र अवस्थामा लाइभ

डिसी नेपाल
२० साउन २०७८ १२:५१

काठमाडौं। पोर्न फिल्म काण्डमा गएको फेब्रुअरीदेखि नै अनुसन्धानकको दायरामा रहेकी अभिनेत्री गहना वशिष्ठले फेरि नयाँ काण्ड गरेकी छिन् । उनले निर्वस्त्र अवस्थामा इन्स्टाग्राममा आफ्नो भिडियो लाइभ स्ट्रिम गरेकी छिन् । गहनाले एक इन्स्टाग्राम सेसन होस्ट गरिन् जहाँ उनी पूर्ण रुपमा नग्न थिइन् ।

गहना जुन केसमा जमानतमा जेलबाहिर छिन् त्यही केसमा शिल्पा शेट्टीका पति राज कुन्द्रा जेलमा छन् । उनीहरुले अहिलेसम्म आफूहरुले बनाएको भिडियो पोर्न नभइ इरोटिक भएको दावी गर्दै आएका छन् । गहनाले अब यही दावीलाई सही प्रमाणित गर्न यसरी हद पार गरेकी हुन् । गहनाले भिडियोको क्याप्सनमा लेखेकी छिन् ‘बिना कपडा लाइभ । म बिना कपडा यो भिडियोमा लाइभ छु तर कसैले यो पोर्न हो भनिरहेको छैन । तर, जब म कपडा लगाउँछु मानिसहरु पोर्न भन्छन् । पाखण्डको हद ।

 

View this post on Instagram

 

A post shared by Gehana Vasisth (@gehana_vasisth)

यो भिडियो लाइभमा उनलाई बेडमा सुतिरहेको देख्न सकिन्छ । भिडियोमा उनी पूर्ण रुपमा निर्वस्त्र थिइन् र आफ्नो हातले शरीरको माथिल्लो भाग ढाकेकी थियन् । उनको बाँकी शरीरलाई टाउको र कपालले छेकेको थियो । गहनाले आफूलाई यो अवस्थामा हेरेर कसैले पोर्न वा अश्लील भन्न सक्छ भनेर प्रश्न गरेकी छिन् । उनले आफूले कपडा लगाएर बनेका भिडियोलाई पोर्न भन्ने तर कुनै कपडा नलगाएको लाइभलाई पोर्न नभन्नेहरुलाई पाखण्डी भनेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *