एकैदिन ४ हजार बढीमा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

डिसी नेपाल
२० साउन २०७८ १६:३०

काठमाडौं । बुधबार नेपालमा ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ३५४ पीसीआर र ४ हजार ९४४ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ९७५ र ११३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७९ हजार ९२२ पुगेको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ९५७ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *