बाढीका कारण १८ परिवार विस्थापित

डिसी नेपाल
२० साउन २०७८ २३:१३
76
Shares

सिन्धुपाल्चोक । यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् ।

यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए । विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर आज नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पु¥याइएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *