एनआरएनए एनसीसी जाम्बियाको अध्यक्षमा बस्नेत निर्वाचित

डिसी नेपाल
२१ साउन २०७८ १४:३८

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जाम्बियाको अध्यक्षमा पोषणराज बस्नेत सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतको अध्यक्षतामा दुई वर्षे नयाँ कार्यसमिति चयन भएको हो ।

यस्तै उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर र कोषाध्यक्षमा दीपक सिंह निर्वाचित भएका छन् ।

त्यसैगरी, युवा संयोजकमा विवेक प्रताप सिंह र महिला संयोजकमा दीपा भण्डारीलाई जिम्मेवारी दिइएको छ । निर्वाचित सदस्यमा मनिषा मुल्मी, रवीलाल पाण्डे, नीम बलायर, हेमाङ्ग लामा र ईश्वर भुषाल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *