एनआरएनए एनसीसीका ६० देशमा नयाँ नेतृत्व चयन

डिसी नेपाल
२१ साउन २०७८ २१:३८

काठमाडौं । हाल धमाधम गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन भइराखेको छ । संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म एनसीसीमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ ।

निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ देशमा अनलाईनमार्फत र ७ देशमा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको उनले बताए ।

आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १०औँ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको छ । यहि अगष्ट १५ सम्म प्रतिनिधिहरुको नामावली केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ ।

हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समयदेखि निष्क्रिय रहेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्यसमिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको छ ।
शर्माका अनुसार यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यस्तै, डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, पोर्चुगलमा ८ अगष्ट र स्लोभानियामा १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन विवरण :

१ अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
२ अमेरिकाज् क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
अनलाइन : चिली र अमेरिका
भौतिक : क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः लेसोथो, लिविया, मालावी, दक्षिण सुडान
३ एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन : चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया
४ यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः ब्राजिल
५ मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
अनलाइन : बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन
६ ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन : अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्ः भानुआटु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *