एनआरएनए एनसीसी डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी निर्वाचित

डिसी नेपाल
२४ साउन २०७८ २०:५९

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) डेनमार्कको छैठौं अधिवेशनबाट शैलेन्द्र अधिकारी (शैलु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सन २०२१–२०२३ को कार्यकालको लागि शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा २ उम्मेदवारलाई पछि पार्दै अधिकारीले १ सय ८० मत प्राप्त गरेका हुन् ।

प्रतिस्पर्धी शिव कार्कीले १ सय ४२ र दिपकराज रिजालले ८७ मत प्राप्त गरे । एनआरएनए डेनमार्कमा जम्मा ४ सय ६३ मतदातामध्ये ४ सय ९ मत खसेको थियो । अधिकारी निवर्तमान महासचिव हुन् भने रिजाल उपाध्यक्ष । कार्की एनआरएनए डेनमार्कमा पूर्व महासचिव हुन् । अधिकारी र रिजाल जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मञ्च नजिकका हुन् । कार्यसमितिमा अधिकारी समूहका बहुमत विजयी भएका छन् ।

आइसीसी सदस्यमा अशोक शर्मा पहिला नै निर्विरोध विजयी भएका छन् । शशी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि शर्मा विजयी भएका थिए । शर्मा एनआरएनए डेनमार्कका पूर्व कोषाध्यक्ष र पार्टी बस नेपालका सञ्चालक हुन् ।

त्यसैगरी, उपाध्यक्षहरूमा राधाकृष्ण सापकोटा र सुनिल विराजी यादव विजयी भएका छन् । महासचिवमा निवर्तमान सचिव महेशसिंह खत्री, सचिवमा शालिक राम शर्मा, कोषाध्यक्षमा मोहन केसी निर्वाचित भएका छन् ।

सदस्यहरुमा सदस्यहरू प्रदिप कुमार पाण्डे, भुवन खड्का, केशव निधी पन्त, नरेन्द्र बहादुर पौडेल, नारायण गौडेल विजयी भएका छन् । निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले विद्युतिय मतदान भएको डेढघण्टामा मत परिणाम सार्वजनिक गरेका थिए । आइतबार साँझ सपथ ग्रहण कार्यक्रम रहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *