एनआरएनए पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी विजयी

डिसी नेपाल
२८ साउन २०७८ १२:२७

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी ७ सय ९४ मतका साथ विजयी भएका छन् । अधिकारीका प्रतिस्पर्धी सोमफुरि शेर्पा र अशोक गुरुङले क्रमशः१ सय ५० र २३ मत ल्याएका थिए ।

त्यसैगरी, निर्वाचन समितिले बुधबार साँझ सार्वजानिक गरेको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी विजयी भएका छन् । महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् ।

महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए । भिमसेन थापा आइसीसी सदस्यमा निर्वाचित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *