एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तले गरे विद्रोह, डेलिगेट निर्वाचन अवैधानिक

डिसी नेपाल
२९ साउन २०७८ २२:३६

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आयोगका एकजना आयुक्तले नै निर्वाचन आयोग व्यक्तिगत पक्षपातमा लागेको आरोप लगाउँदै जारी कार्यविरुद्ध बिद्रोह गरेका छन् । उनले आज गरिने भनेको डेलिगेट निर्वाचनमा विधि र प्रक्रियाविना नै गर्न लागिएको भन्दै आफ्नो यो प्रक्रियाका कुनै आफ्नो सहमती नभएको भन्दै प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई पत्रै लेखेर विद्रोह गरेका हुन् । उनले जारी प्रक्रियाप्रति विरोध प्रकट गरेका छन् ।

निर्वाचन आयुक्त कुलमणि आचार्यले हिजो १२ अगष्ट सांझ प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई एक पत्र लेख्दै नेपालीहरुको साझा संस्था एनआरएनएमा एकपक्षीय कामहरु हुनबाट रोकिनुपर्ने भन्दै आज हुने भनिएको कथित डेलिगेट निर्वाचनको बैधानिकता नहुने बताएका छन् ।

एनआरएनए अमेरिकाले षड्यन्त्रपूर्ण ढंगले साधारण सदस्यहरुलाई उम्मेद्वार हुनबाट बन्चित गरी केही आफ्ना मान्छेको नाम उम्मेद्वारका रुपमा राखेर आज अर्थात् १३ अगष्टमा निर्वाचन गर्ने सूचना ११ अगष्टमा जारी गरेको थियो । साधारण सदस्यहरुलाई एनआरएनए आईसीसीको निर्वाचनमा डेलिगेट हुन पाउने गरी विधानमा २५ प्रतिशत सिट छुट्याइएकोमा इच्छुक व्यक्तिहरुलाई उम्मेद्वार नै हुने मौका नदिइकन गर्न लागिएको कथित निर्वाचनबारे निर्वाचन आयुक्तले यस्तो गैरकानूनी निर्वाचनमा आफ्नो संलग्नता नभएको पनि स्पष्ट उल्लेख गरेका छन् ।

डिसी नेपाललाई प्राप्त सो पत्रमा निर्वाचन आयोगको बैठक पनि नबसेको र निर्वाचन गराउनेबारे कुनै छलफल पनि नभएको भन्दै विधि र प्रक्रियालाई उपेक्षा आफ्नो जानकारी विना नै निर्वाचन गराउने सूचना जारी गरिएकोमा उनले आपत्ति प्रकट गरेका छन् । उनको पत्रमा भनिएको छ,“ निर्वाचन आयोग साधारणसभाबाट गठित स्वतन्त्र र निष्पक्ष निकाय हो । यसका लागि गतिविधि पांचैजना सदस्इहरुको निर्णयबाट लिइनुपर्छ । तर, न त इलेक्सन कमिशनको डेलिगेट निर्वाचनको छलफलको लागि अहिलेसम्म एउटा बैठक बसेको छ न त कुनै विषयमा सहमती नै गरिएको छ । यो प्रक्रिया विना नै इलेक्सन नोटिस जारी गर्नु आफैंमा विधि र प्रक्रियाको उपेक्षा हो । त्यसैले आफ्नो जानकारीविना नै भएका निर्णयहरुप्रति म असहमती जनाउन चाहान्छु ।”

“एनआरएनए एनसीसी अफ युएसए को आईसीसी डेलिगेट इलेक्सन सम्बन्धमा असहमति पत्र” शीर्षकमा निर्वाचन आयुक्त आचार्यले संस्थाको कानुनी व्यवस्थासमेत उल्लेख गर्दै गैरकानूनी काम नगर्न प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई सचेतसमेत गराएका छन् । उनले लेखेका छन्,“ एनआरएनए आईसीसी महासचिवको पत्रमा उल्लेख भएअनुसार, आईसीसी विधानको दफा १३.७(क) अनुसार, २५ प्रतिशत(४७) जना प्रतिनिधिहरु पञ्जीकृत सदस्यहरुलाई प्रत्यक्ष निर्वाच्न गरी चयन गर्न निर्देशन गरिएको छ । जसमा इलेक्सन कमिशन ले विगतमा एनआरएन एनसीसी युएसए को विधानको आशयलाई ध्यानमा राख्दै २९ जना च्याप्टर बाट र १८ जना ओपन इलेक्सन गर्ने निर्णय गरेको थियो ।

एनआरएन एनसीसी युएसए को वाइलज् को इलेक्सन सम्बन्धी व्यवस्थामा कुनै पनि लेवलको इलेक्सन गराउनु परेमा इलेक्सन कमिशन लाई अधिकार प्रधान गरेको छ । त्यसकारण १८ जनाको मात्र इलेक्सन कमिशनले फर्म भराई शुल्कसमेत जम्मा गर्ने तर अन्य २९ जनाको प्रक्रियाविना नै चयन गर्ने कुरा असमान र अन्यायपूर्ण पनि हो । त्यसैले २९ जना पनि सहमतीको आधारमै भए पनि इलेक्सन प्रोसेसबाट नै चयन गर्नुपर्ने हुन्छ जुन कुरा आईसीसीको प्रावधानअनुसार मेल खान्छ ।” हेर्नुहोस् पत्र

उनले ६५ प्रतिशत कोटामा पर्ने डेलिगेटमा को को परे भन्ने कुरा निर्वाचन आयोगले आजसम्म पनि सार्वजानिक नगरेकोमा पनि उनले प्रश्न उठाएका छन् । ६५ प्रतिशत कोटामा नपर्नेहरुले डेलिगेट पदमा उम्मेद्वार दिन पाउनु साधारण सदस्यहरुको अधिकार भएको भन्दै उनले त्यो लिष्ट प्रकाशित गरेपछि त्यसमा नपर्नेहरुले पनि उम्मेद्वारी दिन पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्नु जायज नभएको उनको तर्क छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *