जहाज चार्टर्डमार्फत काबुलबाट नेपालीको उद्धार गर्ने तयारीमा एनआरएनए

डिसी नेपाल
१ भदौ २०७८ १०:३१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज चार्टर्डमार्फत अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्धार गर्ने जनाएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा.बद्री केसीका अनुसार सोमबारको सचिवालय बैठकमा काबुलबाट नेपाली फर्काउने विषयमा छलफल भएको थियो ।

संघले आफ्नै खर्चमा एउटा जहाज काबुल पठाउने विषयमा बालुवाटारमा बसेको बैठकमा छलफल भएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, रविना थापाको सहभागीता थियो । यस विषयमा संघको आज(मंगलबार) पुनः बैठक बस्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *