प्रा.डा शान्ता थपलिया सशक्तीकरण सम्मान लिली थापा र अमृता लम्साललाई
काठमाडौं । डा. शान्ता थपलियाको सम्झनामा स्थापना गरिएको प्रा.डा शान्ता थपलिया सशक्तीकरण सम्मान मानव अधिकारकर्मी लिली थापा (२०७७ को सम्मान) र अमृता लम्साल (२०७८ को सम्मान)लाई प्रदान गरिएको छ ।
कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को स्थापना दिवसमा आज आयोजित एक कार्यक्रममा थापा र लम्साललाई यो सम्मान प्रदान गरिएको हो। महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था ल्याकले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment