जिता खोला भत्किएर बाढी आउँदा दुईसय घर डुवानमा

डिसी नेपाल
२ भदौ २०७८ ६:०६
384
Shares

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा दुई सय घर डुवानमा परेको छन्। बाढीकै कारण दुईवटा घर भत्किएको गाउँपालिकाका अध्यक्ष सतिश कुमा सिंहले बताए।

उनले भने, ‘लगातार पानी परेपछि जिता नदिमा रातिदेखि नै पानीको बहाब बढ्दै थियो। बिहान पश्चिम तटबन्ध भत्किएपछि पानी बस्तीमा पसेको हो।’

गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेश कुमार झाले तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको बताए। उनले भने, ‘जिताको पानी खंग टोल, सरदार टोल र राम टोल पसेपछि दुईसय घरमा क्षति पुगेको छ।’

बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा त्रसित रहेको स्थानीय पंकज झाले बातए। खाद्यान्न, पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको झाको भनाइ रहेको छ।

बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेर उद्दार कार्य शुरू गरेका छन्। । उनले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल पहल भईरहेको जानकारी दिदैं क्षतिको विवरण संकलन भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *