बाढी पसेको चारदिन बितिसक्दा पनि राहत नपाएको सप्तरीका बाढी पीडितको गुनासो

डिसी नेपाल
४ भदौ २०७८ २१:५९

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा बाढी पसेको चारदिन बितिसक्दा कतैबाट राहत नपाएपछि बाढीपीडितले भोकभोकै बस्नुपर्ने बाध्यता भएको छ।

बाढीपीडितलाई ४ दिनदेखि छाक टार्न समस्या भइरहदा पनि स्थानीय सरकारदेखि केन्द्रीय सरकारले कुनै चासो नदेखाएको बाढी पीडितहरूले गुनासो रहेको छ।

चारदिन अघि सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको गोबरगाढामा बाढी पसेपनि कसैले चासो नदेखाएको स्थानीय रमानन्द यादवले बाताए।

शुक्रबारपनि घर आँगनमा २र३ फिटसम्म बाढी रहेकाले चार दिनदेखि खाना पकाउन समस्या भइरहेको स्थानीय रामचन्द्र यादवको गुनासो छ ।उनी भन्छन् ,‘चार दिनदेखि यहाँका सर्वसाधारण चिउरा–भूजा खाएर दुइछाक टार्न बाध्य भएका छन्।। बाढीले ६ घर कटान गरेर बगाई सकेको छ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्नको लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए ।
वडाध्यक्ष यादवका अनुसार गोबरगाढाका ३२ परिवारको घर चार दिनदेखि जलमग्न छ । प्रमोद यादव, रामस्वरुप यादव, हरिबोध यादव, रामानन्द यादव, कुशेश्वर यादव, भुवनेश्वर यादव, संतोश यादव, महेन्द्र यादव, सुदिप यादव, प्रेमसागर यादव, दिलिप रजक, हरि यादव, ध्रुव यादव, संजिव मुखिया लगायत ३२ जनाको घर जलमग्न छ ।

यसैगरी मुनचुन मुखिया, पाँचु मुखिया, भागवत मुखिया, कुशेश्वर यादव, सातैन यादव, रामलखन यादव, लालु यादव, दुखि यादव, कामेश्वर यादव, डोमर यादव, धनराज यादव, रामकिशुन यादव, रामचरण यादव, सत्यनारायण यादव, रामदेव यादव, प्रभु यादव, महेश्वर यादव, दुनिलाल यादव र दगदिश यादव को घर जलमग्न रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *