नेकपा एमाले भित्र आएको विवाद प्रदेश नं १ मा पस्यो

डिसी नेपाल
५ भदौ २०७८ १८:३९

पछिल्लो समय नेकपा एमालेभित्र केपीशर्मा ओली र माधवकुमार नेपाललाई जसरी पनि मिलाउने पक्षमा लागेका एमालेका दोस्रो पुस्ताका नेताहरुको दौडधुप बढेको छ । यसको पछिल्लो उदाहरण भदौ ४ गते एमालेको केन्द्रिय कमिटी सदस्य तथा सांसदहरु समेत ५७ जनाको काठमाडौंमा भएको सहभागिता र सहमतिमा भएको निर्णय हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा नेकपा एमालेको एकता अत्यन्त महत्वपूर्ण रहेको ठहर गरेर दोस्रो पुस्ताका नेताहरुले विज्ञप्ती जारी गरेका छन् । एमालेका दोस्रो पुस्ताका नेताहरुले तयार गरेको १० बुँदे सहमति लागु गर्नुपर्ने, १४ जना सांसदको कारवाही फिर्ता हुनुपर्ने र माधव कुमार नेपालले नयाँ पार्टी खोल्न नहुने सर्त राखेर भएको सहमतिले एमाले भित्र नयाँ बहस आएको छ ।

बहसले सिंगो नेपाल नेकपा एमालेको भविष्य निर्धारण त हुने नै छ । तर यहाँ प्रदेश नं. १ को सरकार अब के हुने भन्ने सवाल प्रमुख रुपमा उठी रहेको छ । विश्लेषकहरुका अनुसार चाहे एमाले फुटोस वा नफुटोस दुबै अवस्थामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको पद भने धरापमा परेको छ ।

प्रदेश नं. १ मा नेकपा एमालेको ५१ जना सांसदहरु छन् जसमध्ये माधवकुमार नेपाल खेमामा १५ जना रहेको दावी गरिएको छ । यहाँ एमालेको केन्द्रको विवाद मिलाउने क्रममा १० बुँदे सम्झौता लागु नै भएपनि प्रदेश नं. १ मा एमाले कै भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने हुन्छ । एमाले नफुटेको अवस्थामा समेत शेरधन राईले बाग्मती प्रदेशमा केपी ओली खेमाका पौडेलले छोडेर पहिले माधवकुमार नेपाल खेमाका अष्टलक्ष्मी शाक्यलाई मूख्य मन्त्री बनाउनु परेको छ । मुख्यमन्त्री भइसकेर पनि भदौ ४ गते एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टी नफुटोस भनेर निकालेको विज्ञप्तीमा शाक्यको हस्ताक्षर हुनुले उनी अहिले पनि कता तिर भन्ने प्रष्ट भइसकेको छैन ।

जसरी अष्टलक्ष्मी शाक्यलाई माधवकुमार नेपालले नयाँ दर्ता गरेको पार्टीमा जान नदिएर मुख्यमन्त्रीको पद नै दिएका छन् त्यसैगरी भीम आचार्यलाई माधव कुमार नेपालको समुहमा जान नदिनका लागि केपी ओलीले उनलाई प्रदेश नं. १ को मुख्यमन्त्री पदको चास्नीमा डुबुल्की मार्न लोभ्याउने प्रष्ट छ ।

जसरी अष्टलक्ष्मी शाक्यलाई माधवकुमार नेपालले नयाँ दर्ता गरेको पार्टीमा जान नदिएर मुख्यमन्त्रीको पद नै दिएका छन् त्यसैगरी भीम आचार्यलाई माधव कुमार नेपालको समुहमा जान नदिनका लागि केपी ओलीले उनलाई प्रदेश नं. १ को मुख्यमन्त्री पदको चास्नीमा डुबुल्की मार्न लोभ्याउने प्रष्ट छ ।

के भीम आचार्य मुख्यमन्त्रीको चास्नीमा अष्टलक्ष्मी शाक्य जस्तै डुबुल्की मार्न जालान ? झलनाथ खनालका परिवारिक नाता पर्ने भीम आचार्यले अरुको साथ छोडेपनि झलनाथ खनालको साथ छोड्ने छैनन् । यसले गर्दा भीम आचार्यलाई साथ दिने प्रदेश नं. १ को सांसदहरु उनीहरुले दावी गरेको जस्तो १५ को १५ नै नभएपनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन ८ जना मात्र नपुगेको अवस्था छ । शेरधन राईलाई हटाएर भीम आचार्यलाई एमालेले मुख्यमन्त्री बनाएन भने मुख्यमन्त्री हुने पालो नेपाली कांग्रेसको हुन्छ ।

प्रदेश नं. १ मा एमालेको ५१ जना, नेपाली कांग्रेसको २१ जना, माओवादीको १५ जना, संघीय समाजवादी अर्थात जनता समाजवादी पार्टीको ३ जना, राप्रपाको १ जना र संघीय लिम्बुआन पार्टीको १ जना सांसदहरु छन् । यी मध्ये एमालेको ५१ जनाबाट ८ जना माधव नेपाल पक्षधरहरुले नेपाली कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गरेर गठबन्धनको सरकार बनाउन सक्ने सम्भावना प्रवल छ । नेकपाको प्रदेश सरकारहरु एकपछि अर्को ढाल्दै गएको एमाले पार्टी भित्र चलेको राजनीतिक विर्रो अहिले प्रदेश नं. १ मा प्रवेश गरेको छ ।

अहिले केन्द्रमा गठबन्धनको सरकार बनाउन कसरत गरिरहेका नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भित्रको कार्यगत एकताले बाग्मती प्रदेश र प्रदेश नं. १ मा माधव कुमार नेपालको पक्षलाई प्रदेश सरकारको नेतृत्वगर्न दिने सहमति भएको छ । तर त्यो सहमतिभन्दा केपी ओलीको कृपाले नाटकीय ढंगले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य आउँदा प्रदेश नं. १ मा पनि एमालेको संस्थापन पक्षलाई केन्द्रमा बलियो बनाउन अर्थात माधव कुमार नेपाललाई पार्टी फुटाउन चाहिने २० प्रतिशत समेत पुर्‍याउन नदिन केपी ओलीले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडी बढाउन सक्दछन् । यसले झलनाथ खनाललाई पनि आफ्नो पक्षमा पार्न केपी ओलीले एउटा अस्त्र प्राप्त गर्दछन् । मौकामा चौका हान्न सिपालु नेता केपी ओलीले यसको लागि कुनै आकस्मिक कदम चाल्न सक्ने सम्भावना उत्तिकै बलियो छ । त्यसो भएमा वा नेकपा एमाले एक ढिक्का हुने अवस्था आएमा अर्थात नेकपा एमाले भित्र गोरु व्यायमा अब छिट्टै भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री हुन सक्दछन् ।

तर त्यसो नभएर नेकपा एमाले पार्टी दोस्रो पुस्ताका नेताहरुले आह्वान गरेजस्तै एक हुन नसक्ने अवस्था आएमा राजनीतिक दलसम्बन्धी अध्यादेशले राजनीतिक पार्टी दर्ता भएको २१ दिनभित्र प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले दल रोज्न पाउने अवस्था भएकोले अब शेरधन राईको मुख्यमन्त्रीको पद धेरै दिन टिक्ने छैन ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई पार्टी दर्ताको प्रक्रियामा सनाखत गर्न भदौ ९ गतेको म्याद दिएको छ । कित भदौ ९ गते भित्रै सहमिति भएर शेरधन राईले मुख्यमन्त्री छोडेर भीम आचार्यलाई दिनु पर्ने हुन्छ कित भदौ ९ गते विधिवत रुपमा माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको मितिले २१ दिन अर्थात भदौ २९ गते पछाडी कुनैपनि बेला नत शेरधन राई नत भीम आचार्य दुबैलाई पछाडी पार्दै नेपाली कांग्रेसले प्रदेश नं. १ को मुख्यमन्त्रीको पद आफ्नो हातमा पार्नेछ ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा राजीव कोइराला छन् । यसले उनलाई मुख्यमन्त्री बन्ने चिठ्ठा पर्न सक्दछ । तर कांग्रेसको संस्थापन पक्षमा उनी नपरेकाले उनलाई मन्त्री हुन दिएर प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारलाई प्रदेश नं. १ मा सजिलो हुन दिने अवस्था भने छैन ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा राजीव कोइराला छन् । यसले उनलाई मुख्यमन्त्री बन्ने चिठ्ठा पर्न सक्दछ । तर कांग्रेसको संस्थापन पक्षमा उनी नपरेकाले उनलाई मन्त्री हुन दिएर प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारलाई प्रदेश नं. १ मा सजिलो हुन दिने अवस्था भने छैन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आई रहेकोले यसलाई प्रभाव पार्ने गरी राजीब कोइरालालाई मुख्य मन्त्री बनाउनुभन्दा माओवादीका नेता प्रचण्ड र नयाँ पार्टी खोल्ने तरखरमा रहेका माधवकुमार नेपालकै सहमतिमा कुनै व्यक्तिलाई मुख्य मन्त्रीपद गठबन्धनले छोडन सक्ने सम्भावना छ ।

गठबन्धन गर्नेहरुको लेनदेनमा कुरा बाझियो भने र झलनाथ खनाल माधव नेपालकै पक्षमा आएर आफन्त भीम आचार्यलाई जसरी पनि मुख्य मन्त्री बनाउनु पर्दछ भन्ने अडान लिए भने कांग्रेसले केन्द्रमा राम्रो मन्त्रालय लिएर एक कदम पछि हटेर भीम आचार्यलाई नै मुख्यमन्त्री बनाउन सक्दछ । तर भीम आचार्यले माधवकुमार नेपाललाई धोका दिएको चर्चा राजनीतिक बजारमा व्याप्त छ ।

प्रदेश १ मा जनजातिहरुको बर्चश्व भएकोले माधव नेपाल पक्षधरले नेकपा माओवादी र नेपाली कांग्रेसको समर्थनमा राजेन्द्र राईलाई मुख्य मन्त्री बनाउन पनि सक्नेछन् । नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले पार्टी भित्र विद्रोह नहोस भनेर बिराटनगर महानगरपालिकाको मेयरको टिकट दिने बेलामा डा. शेखर कोइरालाले भनेको व्यक्तित्व भीम पराजुलीलाई दिएका थिए र उनले मेयरमा विजय समेत प्राप्त गरेका थिए ।

त्यसैगरी मुख्यमन्त्रीको लागि पनि शेरबहादुर देउवाले नेपाली कांग्रेसको पोल्टामा ल्याउन पहल गर्ने तर कुन व्यक्तिलाई कांग्रेसबाट मुख्यमन्त्री बनाउने भन्ने विषयमा डा. शेखर कोइराला वा सिंगो कोइराला परिवारलाई नै निर्णय गर्न सुम्पेर पार्टी भित्र एकताको सन्देश दिन पनि सक्दछन् । यस्तो भयो भने नेपाली कांग्रेसको राजीव कोइराला पनि मुख्यमन्त्री बन्ने पाइपलाइनमा रहेको देखिन्छ ।

नेपाली कांग्रेसको पूर्वको राजनीतिमा भोजपुरबाट सुनसरीमा आएर सांसदको निर्वाचन जितेका ज्ञानेन्द्र कार्कीको राजनीतिक भविष्य पनि जोडेर हेर्नु पर्ने हुन्छ । सुनसरीमा राजीब कोइरालाको साथ नलिई पटक पटक निर्वाचन जित्न सकिन्न ।

ज्ञानेन्द्र कार्की जो अहिले शेरबहादुर देउवाको सरकारमा मन्त्री छन् उनले प्रदेश नं. १ को नेपाली कांग्रेसको उपनेता रहेका हिमाल कार्की जो देउवा समुहका भनेर चिनिएका छन्, उनलाई समर्थन गरेर कांग्रेस भित्रै नयाँ खिचडी पकाउँछन् कि वा जस्तो छ त्यस्तै रुपमा अगाडी बढेर यसपटकका लागि राजीब कोइरालालाई नै मुख्यमन्त्री बनाएर आफ्नो भविष्य सुनिश्चित गर्दछ । त्यो आगामी दिनको कदमले देखाउने छ ।

तर, शेरधन राईको मुख्यमन्त्री पद भने छिटोमा भदौ ९ गते भित्र र ढिलोमा भदौ २९ गतेको आसपाससम्म मात्र रहने पक्कापक्की छ । नेपालको राजनीतिमा कहिले काँही गोरु व्यायो भन्न थालिएको छ । जस्तो कि अष्टलक्ष्मी शाक्यले माधव नेपालको पक्ष छोड्नु भनेको एक प्रकारले राजनीतिमा गोरु व्याय सरह नै हो । त्यसैगरी नयाँ ढंगले नेकपा एमालेमा गोरु व्यायको अवस्थामा बाहेक मुख्यमन्त्री शेरधन राईको पद धरापमा परेको सहजै अनुमान लगाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *