अमेरिकामा आदिवासी चलचित्र महोत्सब शुरु

डिसी नेपाल
६ भदौ २०७८ ८:०७

न्युयोर्क, अमेरिका। तेश्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२१ शनिबारबाट न्युयोर्कमा शुरु भएको छ। २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका सातवटा चलचित्रहरु प्रदर्शन गरिने भएको छ।

महोत्सबको आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले एक समारोहकावीच उद्घाटन गरे। महोत्सवले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने बताए।

न्यूयोर्कको ज्याक्सनहाइटमा शुरु भएको दुईदिने महोत्सबमा पहिलो दिन लिम्बु जातिको के, मगर जातिको ट्याङचालक, ह्योल्मो जातिको मेटोक, राई जातिको सायाबुङ र तामाङ जातिको प्रङ्ना प्रदर्शन हुने महोत्सबका संयोजक एवं फिप्ना अमेरिकाका महासचिव नरेन्द्र थापाले जानकारी दिए । यसैगरी महोत्वसको दोस्रो दिन नेवार जातिको जा मनःगुभाजु र गुरुङ जातिको मि होर्वै ट प्रदर्शन हुने बताइएको छ।

महोत्सबको अवार्ड वितरण भने साँझ हुने छ । सो क्रममा विभिन्न दशवटा विधामा निफ अवार्ड प्रदान गरिने महोत्सव संयोजक थापाले जानकारी दिए ।

अवार्डका विधाहरुमा वेष्ट फिल्म, वेष्ट एक्टर, वेष्ट एक्टे«स, वेष्ट स्टोरी, वेष्ट पब्लिक च्वाइस, वेष्ट कस्टम, वेष्ट डाइरेक्टर, वेष्ट सिनेम्याटोग्राफ, वेष्ट स्क्रिन र वेष्ट म्युजिक रहेका छन्। चलचित्र महोत्सवको लागि विभिन्न १५ वटा आदिवासी चलचित्रहरु सहभागी भएकोमा प्रदर्शनको लागि सात वटा छनौट भएको आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *