विश्वभर कोरोना : संक्रमितको संख्या २१ करोड, करिव ९० प्रतिशत निको भए
काठमाडौं। विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या २१ करोड नाघेको छ। तथ्याङ्क अनुसार हालसम्म २१ करोड २५ लाख ५५ हजार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमितको संख्या २१ करोड नाघे पनि करिव ९० प्रतिशत निको भएका छन्। संक्रमितको करिव ९० प्रतिशत संख्या १९ करोड एक लाख ५७ हजार २ सय ३९ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका हुन्।
संक्रमित संख्याको २ प्रतिशतले ज्यान गुमाएका छन्। विश्वभर संक्रमित भएकाहरुको संख्याका २ प्रतिशतले हुन आउने ४४ लाख ४३ हजार नौ सय चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको तथ्याङ्क छ।
यस्तै, आठ प्रतिशत बढी कोरोनाका सक्रिय संक्रमित विश्वभरमा रहेका छन्। संक्रमितको संख्याका ८ प्रतिशत बढीले हुन आउने एक करोड ७९ लाख ५३ हजार नौ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। भने एक लाख ११ हजार पाँच सय २७ जना जटिल समस्याका विरामी रहेका छन्।
गत २४ घण्टामा शून्य दशमलव २१ प्रतिशतले कोरोनाका संक्रमित थपिएका छन्। संक्रमितको संख्याले शून्य दशमलव २१ प्रतिशत हुन आाउने चार लाख ५१ हजार पाँच सय १६ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्।
कोरोना संक्रमित मध्ये आठ हजार दुई सय ६४ जनाले ज्यान गुमाएका छन् भने चार लाख २१ हजार चार सय ५५ जनाले गत २४ घण्टामा कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा अमेरिका, भारत र ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्यामा गिरावट आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment