एनआरएनएको सहयोगमा कुवेतमा अलपत्र द्रौपतीको शव आइपुग्यो नेपाल

डिसी नेपाल
७ भदौ २०७८ १६:४२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो ।

मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वाड नं.७ (डङ्ग्राहा टोल) बस्ने द्रोपती चौधरी करिब ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् । उनले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खण्डमा मृतकको शव तथा बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा उनको शव अलपत्र परेको थियो । त्यसपछि एनआरएनए कुवेतले अलपत्र परेको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु गरेको थियो ।

केहि दिन अघिदेखि उनको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए कुवेतले अपिल गरेको थियो । अवैधानिक तरिकाले गएकी चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडाशैनीको संयोजकत्वमा ‘आर्थिक राहत संकलन समिति’ गठन गरिएको थियो ।

शव नेपाल पठाउन आवश्यक पर्ने ३ सय ८५ कुवेती दिनार सहयोग गर्न एनआरएनएले सबैसँग अपिल गरेको थियो । सहयोगको अपिल गर्दै संघका अध्यक्ष रणध्वोज लामा र महासचिव दिल कुमार पाख्रिनले विज्ञप्तिसमेत जारी गरेका थिए ।

र, आर्थिक सहयोग संकलन सम्पन्न गरी चौधरीको शव नेपाल पठाइएको हो । साथै, सहयोग अभियानमा जोडिएका सहयोगी हातहरुलाई एनआरएनए, कुवेतले धन्यवाद व्यक्त गरेको छ । दूतावासले मृतक चौधरीको शव यहि अगस्ट–२२ तारिख राति नेपाल पठाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *