नेपाली कांग्रेसका जिल्ला सभापतिद्वारा पार्टी कार्यालय सानेपामा धर्ना (फोटोफिचर)

डिसी नेपाल
८ भदौ २०७८ १५:०३

काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। क्रियाशील सदस्यतामा प्रविधिको दुरुपयोग भएको भन्दै सार्वजनिक गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले धर्नामा बसेकाहरुको माग पूरा नभए भोलिदेखि २४ घण्टा रिले अनसनमा बस्ने तयारी भएको जानकारी दिए।

‘नेपाली कांग्रेसको वैधानिकता सभापतिले बचाउँन सक्नु भएन,’ केसीले भने, ‘हरेक क्रियाशील सदस्यताले आफू नाम भए नभएको जानकारी पाउनु पर्ने अधिकार हो। क्रियाशील सदस्यता सार्वजनिक गरिनु पर्छ भन्ने हाम्रो माग हो।’

उनका अनुसार एउटामात्र निर्वाचन क्षेत्र भएको ३५ जिल्लाका सभापतिसहित ४७ जिल्लाका सभापतिहरु संस्थापन पक्षका विरुद्ध धर्नामा बसेका हुन्। उनीहरुले संस्थापन पक्षले क्रियाशील सदस्यतामा धाँदली गरेको आरोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *