गण्डकीमा ६५४ जना सङ्क्रमणमुक्त

डिसी नेपाल
८ भदौ २०७८ २०:३१

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७२ वर्षीया वृद्धा, भिरकोट नगरपालिका–३ का ७५ वर्षीया वृद्धा र आँधीखोला गाउँपालिका–५ का ५९ वर्षीया महिला छन् ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *