एमालेभित्रको अन्तरविरोधलाई विग्रहमा पुर्‍याउन अध्यादेश जारी गरियो : ओली

डिसी नेपाल
९ भदौ २०७८ १२:३९

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेकपा एमालेभित्रको अन्तरविरोधलाई विग्रहमा पुर्‍ याउन अध्यादेश जारी गरेको टिप्पणी गरेका छन्।

मंगलबार स्थायी कमिटी बैठकले गरेको निर्णयबारे जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफ्नो सरकारले ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै फरक रहेको उल्लेख गरे।

‘मैले सरकारको नेतृत्व गर्दा पनि अध्यादेश आएको थियो। तर त्यो बेला दलहरुभित्र उत्कर्षमा विवाद पुगेको थिएन। तर अहिलेको अवस्था फरक थियो। मध्यराति संसद विघटन गरेर विहानै इमर्जेन्सी रुपमा अध्यादेश ल्याइयो। त्यसको मुख्य उद्देश्य एमालेभित्रको अन्तरविरोधलाई विग्रहमा पुर्‍ याउनु थियो।’

उनले अध्यादेश आउने विधि र प्रक्रिया संविधानमै उल्लेख भएको उल्लेख गर्दै तर अहिलेको सरकार विना प्रक्रिया एमाले विभाजन गर्न मात्रै अध्यादेश ल्याइएको दाबी गरे।

‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ। पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन। सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ। यो अनैतिक कार्य हो’, ओलीले भने, ‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने, ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो। उहाँहरुले अध्यादेशले आफ्नै पार्टी फुटाउँछ भनेर अहिले थर्कमान हुनुहुन्छ।’

उनले एमाले राष्ट्रिय राजनीतिको मुल प्रवाह भएको दाबी गर्दै प्राप्त उपलबधीको रक्षा गर्ने र समृद्ध नेपाल र सुखी नेपाली बनाउने यसको अभिभारामा रहेको पार्टीलाई एकछिन अलमल्याउने काम भएपनि त्यसले एमालेलाई रोक्न नसकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *