सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

डिसी नेपाल
१३ असार २०८३ २१:४७

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीयले आग्रह गरेका छन्।

प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीयले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन्।

गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो।

मन्त्रिपरिषद्ले २०६४ जेठ ११ गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो। हाल शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यो पार्क निर्माणाधीन छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *