निर्वाचन आयोगले दियो दुवै पार्टीलाई दर्ता प्रमाणपत्र

डिसी नेपाल
९ भदौ २०७८ २१:२८

काठमाडौं। पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मूल पार्टी विभाजन भइ नयाँ दलको रुपमा दर्ता हुन पाउँ भनि दिएको आवेदनपछि यी दुई दल औपचारिक रुपमा दर्ता भएका छन् । दल दर्ताको लागि आवश्यक न्यूनतम सांसद वा केन्द्रीय सदस्यको सनाखत गरिएपछि निर्वाचन आयोगले दुवै दल दर्ता गरेको हो ।

आयोगले दुवै दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ । माधव कुमार नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी)को दर्ता नम्बर १६६ रेहेको छ भने ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्यमध्ये कुनै एक भए पुग्ने गरी अध्यादेशमार्फत राजनैतिक दल सम्बन्धी नयाँ कानुन लागू गरेपछि नेकपा एमालेबाट माधव नेपाल समूह र जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर समूह अलग भइ नयाँ पार्टीको रुपमा दर्ता भएका हुन् ।

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बाट ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोगमा पुगेर सनाखत गरेका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट १४ सांसद र जसपाको ५१ कार्यकारिणी सदस्यमध्ये १७ सदस्यले सनाखत गरेका छन्। यससँगै यी दुवै दलका लागि आवश्यक न्यूनतम सांसद वा केन्द्रीय सदस्यको संख्या पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *