काठमाडौंमा दैनिक भीडभाडका कार्य, तेस्रो लहरलाई निम्तो !

तर्कबहादुर थापा
१० भदौ २०७८ ७:४८

काठमाडौं। प्रशासनले २५ जनाभन्दा धेरै व्यक्तिहरु जम्मा हुन नपाउने स्वास्थ्य मापदण्ड बनाए  पनि बुधबार काठमाडौंका विभिन्न ठाउँमा ठूलो भीडभाड देखिन्थ्यो। ती भीडभाडले कोरोनाको अर्को लहरलाई निमन्त्रणा त गर्दैछैनन् भन्ने प्रश्न जन्मिन्छ।

नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि पुगेका माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि पुगेका महन्थ ठाकुरसमूह मात्र होइन निर्वाचन आयोगमा अन्य धेरै व्यक्तिहरुको भीडभाड देख्न सकिन्थ्यो।

त्यो भीडले मुखमा लगाएको मास्क बाहेकका केही पनि स्वास्थ्यका मापदण्ड अपनाएको थिएन। यस्तै, सात्ता गठबन्धनको प्रमुखदल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पनि हुल उत्तिकै थियो।

क्रियाशील सदस्यता सार्वजनिक गर्न माग राख्दै धर्नामा बसेका नेता तथा एक्वयवद्धताका लागि पुगेका कार्यकर्तालेका कारण त्यहाँ पनि २५ जना भन्दा बढी व्यक्तिहरुको उपस्थिति देख्न सकिन्थ्यो।

पार्टी फुटाएर नयाँ पार्टी दर्ता गरेकामात्र होइनन्, लामो समयको विवादका कारण पार्टी फुटाएका माधव नेपालको साथ छोडेका नेताहरु नेकपा एमालेमै बसेपछि एमालेले पनि खुसी हुँदै पत्रकार सम्मेलनको आयोजना गर्‍याे।

ललितपुरको च्यासलस्थित तुलसिलाल स्मृति भवनको हलमा आयोजना भएको पत्रकारसम्मेलनमा उपस्थित पत्रकार नेता तथा कार्यकर्ताले पनि सरकारले बनाएको मापदण्डको धज्जी उडाइरहेका थिए। मुखमा पुरानै भए पनि मास्क लगाएका हरेकले भौतिकदुरीको ख्याल गरेका थिएनन्।

कोरोना संक्रमणको सबैभन्दा सजिलो माध्याम भीडभाड भएको विज्ञहरुको भनाइ छ। गत पुसमाघमा गरिएका राजनीतिक ठूला सभासम्मेलनका कारण नेपालमा दोस्रो लहरले त्राहीत्राही बनाएको सर्व विधितै छ। फेरि पनि विभिन्न नाममा गरिने भेला तथा सभासम्मलेनहरुले तेस्रो लहरलाई निम्ता दिएको भन्न सकिने डा. प्रकाश थापाको भनाइ छ।

‘दोस्रो लहरले ठूलो पाठ सिकाएर गयो’ भेरी अस्पतालका निर्देशक डा. थापाले भने, ‘पछिल्लो समय खोप लगाएका कारण दोस्रो लहर जस्तो हुन्छ वा त्यो भन्दा बढी हुन्छ भन्न सकिँदैन। तर, भीडभाड हुनु भनेको कोरोनाको संक्रमणलाई मलजल गरेजस्तै हो।’

दोस्रो लहरका बेला खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भएको थुप्रै रेकर्ड मन्त्रालयसँग छ। खोप लगाएका व्यक्तिहरुलाई अरुझै गाह्रो नहुने तर संक्रमित हुने बताउँछन् डा. शेरबहादुर पुन।

सरुवारोग विशेषज्ञ पुनले भने, ‘पछिल्ला दिनमा हुने भीडहरुमा खोप लगाएको छु भन्दै निर्धक्क जाने चलन छ। हामीले के बुझ्नु पर्छ भने खोप लगाएको व्यक्ति संक्रमित हुँदा नलगाएको भन्दा सजिलो हुने मात्र हो। तर, खोप लगाएका व्यक्तिहरुमा पनि कोरोनाको संक्रमण भएको थुप्रै उदाहरणहरु छन्। हामी सचेत हुनु नै पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *