विश्वमा काेराेना : अमेरिकामा पुनः बढ्न थाल्याे संक्रमण, तीन देशमा कराेड बढी संक्रमित

डिसी नेपाल
११ भदौ २०७८ ६:५१
420
Shares

काठमाडौं । अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या पुनः बढ्न थालेको छ। गत २४ घण्टामा अमेरिकामा एक लाख ६५ हजार पाँच सय ५४ जना कोरोनाका संक्रमित थपिएका छन्। हिजोको २४ घण्टामा एक लाख ७८ हजार बढी थपिएका थिए भने २ दिन पहिला १ लाख ५६ हजार बढी संक्रमित थपिएका थिए।

अमेरिकासहित विश्वभरबाट गत २४ घण्टामा सात लाख छ हजार ८ सय १६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकापछि भारतमा ४४ हजार पाँच सय ५८ जना कोरोनाका विरामी थपिएका छन्।

अमेरिकामा गत २४ घण्टामा एक हजार एक सय बढीले ज्यान गुमाए भने ४५ हजार छ सय ८८ जना निको भएर घर फर्केका छन्। यस्तै अति प्रभावित भएको भारतमा गत २४ घण्टामा चार सय ९३ जनाले ज्यान गुमाए भने ३२ हजार नौ सय २६ जना निको भएर घर फिर्ता भएका छन्।

विश्वको तथ्याङ्क हेर्ने हो भने हालसम्म २१ करोड ५४ लाख २८ हजार एक सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४४ लाख ८७ हजार दुई सय ८२ जनाले ज्यान गुमाएका छन् भने १९ करोड २६ लाख १४ हजार सात सय ९२ जना निको भएर घर फर्केका छन्।

अमेरिका, भारत र ब्राजिलमा तीन करोडको संख्यामा संक्रमित फेला परेका छन्। तथ्याङ्क अनुसार अमेरिकामा तीन करोड ९३ लाख ३७ हजार छ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, भारतमा पनि तीन करोड २६ लाख दुई हजार तीन सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा अहिलेसम्म दुई करोड छ लाख ७६ हजार पाँच सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुने संख्याको आधारमा नेपालको स्थान ४१ औँ नम्बरमा रहेको छ। नेपालमा हालसम्म सात लाख ५४ हजार नौ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *