कोइराला परिवार एक हुने सङ्केत

डिसी नेपाल
११ भदौ २०७८ २२:१०

नेपाली कांग्रेसमा अपवादमा बाहेक सक्रिय सदस्यको विवाद समाप्त भइसकेको छ । शुक्रबारसम्म विवाद सक्किएको ४८ जिल्लाको सक्रिय सदस्यहरुको मतदाता नामावाली तयार भएर प्रत्येक जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । भाद्र १८ गते वडा तहको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेस १४ औ महाधिवेशन निर्वाचन समितिले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । शुरुमा वडा तहबाट निर्वाचन हुने भएपनि केन्द्रिय सभापतिका दावेदारहरुले निर्वाचन प्रचारप्रसार गर्न भटाभट सम्पर्क कार्यालयहरु खोलिरहेका छन् । शुक्रबार थापागाउँको बानेश्वर ब्यैङ्कटमा बिमलेन्द्र निधीले आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।

नेपाली कांग्रेसका अहिलेका सभापति शेरबहादुर देउवालाई लामो समयदेखि सघाउँदै आएका निधीले विद्रोह गरेर आफ्नै टिम बनाएका छन् । भारतले नेपालमा मधेसीमूलका नेताहरुलाई पार्टीको प्रमुख पदमा देख्न चाहनुलाई आश्चर्यको रुपमा लिनु पनि हुँदैन । तर भारतको संस्थापन पक्ष धर्मनिरपेक्षताको पक्षमा नभएको र नेपाली कांग्रेस भित्र धर्म निरपेक्षाको पक्षमा वकालत गर्ने नेताको रुपमा चिनिएका निधीलाई भारतीय संस्थापन पक्षले सहयोग नगर्ने लगभग पक्कापक्कि छ ।

धर्मनिपरेक्षताको वकालत गर्ने विमलेन्द्र निधीले साइत देखाएर बिहान नौ बजे सम्पर्क कार्यालयमै पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायतका धार्मिक स्थलहरुको पुजारी र पण्डितहरु बोलाएर पूजाआजा गरी आशीर्वाद समेत लिन भ्याएका छन् । उनले हिन्दु, मुश्लिम, बौद्ध सबै धर्मका मान्यजनलाई विश्वास गर्नु पर्नेमा यो पटक हिन्दुधर्मका पण्डितहरुलाई मात्र पत्याएको देख्दा मुस्लिम र बौद्ध धर्माबलम्बीहरु जो नेपाली कांग्रेस पार्टीमा आवद्ध भएर मतदाता हुन्छन् उनीहरुले विमलेन्द्र निधीको शुरुवाती चरणमै देखिएको पक्षपातलाई कुन रुपमा लिने हुन भन्ने एक्किन साथ भन्न सकिन्न ।

नेपाली कांग्रेसका अहिलेका सभापति शेरबहादुर देउवालाई लामो समयदेखि सघाउँदै आएका निधीले विद्रोह गरेर आफ्नै टिम बनाएका छन् । भारतले नेपालमा मधेसीमूलका नेताहरुलाई पार्टीको प्रमुख पदमा देख्न चाहनुलाई आश्चर्यको रुपमा लिनु पनि हुँदैन । तर भारतको संस्थापन पक्ष धर्मनिरपेक्षताको पक्षमा नभएको र नेपाली कांग्रेस भित्र धर्म निरपेक्षाको पक्षमा वकालत गर्ने नेताको रुपमा चिनिएका निधीलाई भारतीय संस्थापन पक्षले सहयोग नगर्ने लगभग पक्कापक्कि छ ।

पाल्पाको मिशन अस्पतालमा डाक्टरको रुपमा कार्यरत रहनु भएका शेखर कोइराला जो अहिले नेपाली कांग्रेसको पार्टी सभापतिको रुपमा उम्मेदवारी दिन तत्पर रहेका छन् उनलाई एम।डी। पढ्नका लागि कृश्चियन बन्न भनेपछि जागिरबाट राजिनामा दिएर हिडेका थिए । हिन्दुधर्मको कट्टर समर्थक रहेका डा। शेखर कोइराला र धर्म निरपेक्षताको कट्टर समर्थक रहेका बिमलेन्द्र निधिमध्ये कसले भारतीय विश्वास जित्न सक्दछ भनेर विश्लेषण गर्दा समेत कोइरालाले नै बाजी मार्ने प्रष्ट देखिन्छ । तराईमा कोइराला परिवारको समर्थक मधेस केन्द्रित नेताहरु नेपाली कांग्रेसमा प्रशस्त रहेका र उनीहरुलाई मधेसको नाम दिएर बिमलेन्द्र निधी प्रति आकर्षित गराउने र कोइराला परिवारको मधेसको भोट काटेर शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा सजिलै जित्ने बातावरण बनाइदिन कै लागि कुनै विदेशी डिजाइनमा बिमलेन्द्र निधीलाई सभापतिमा उठ्न उकासिएको भन्ने अडकल लगाउनेहरु पनि उत्तिकै छन् ।

नेपाली कांग्रेसको सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कल्याण कुमार गुरुङ्ले आआझ्नो दावी प्रस्तुत गरिरहेका छन् । यो दावीलाई हेर्दा कोइराला परिवारका तीन सदस्य भित्र गोप्य सहमति भइसकेको जस अनुसार डा. शेखर कोइराला एकमात्र सभापतिका दावेदारको रुपमा बस्ने र अर्कोतर्फ डा। शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिहरु मध्ये एक जनाले विरासतको राजनीति गर्नका लागि तीनमा एकजनामात्र उठ्ने भनेर अन्तिममा डा। शशांक कोइरालाले बिमलेन्द्र निधीलाई समर्थन गरेजस्तो गरेर निधीलाई जसरी पनि शेरबहादुर देउवाको विरुद्ध उठाएर पहिलो निर्वाचनमा नै डा. शेखर कोइराला सभापतिमा विजयी हुने रणनीतिमा गएको हुन कि भन्ने अनुमान गर्नेहरु पनि नेपाली कांग्रेस भित्र प्रशस्त छन् ।

बिमलेन्द्र निधीको पछिल्लो समय भारतको दौडधुप बढेकोले भारतको १२ बुँदे संझौता गरेर नेपालको राजनीतिलाई आजको अवस्थामा ल्याइपुराएका पुराना शक्तिलाई प्रयोग गरी निधीले आफू प्रति आर्शिवाद बढाउन सक्ने अवस्था भने कायमै रहेको छ ।

यस्तो अवस्थामा सबैभन्दा सुनिश्चितता भएको उम्मेदवारका रुपमा चिनिएका शेरबहादुर देउवालाई कमजोर बनाउने रणनीतिमा भारतीय खेमा पनि लागेको प्रष्ट देखिन्छन् । यसले देउवा अमेरिकी पक्षधर संग निकट भएकाले कतै भारतको प्रतिपक्षको समर्थन बिमलेन्द्र नीतिलाई र संस्थापन पक्षको समर्थन कोइराला परिवारलाई हुने अवस्था देखिन्छ । यसले अमेरिकाको आर्शिवाद फेरी पनि एकलौटी रुपमा शेरबहादुर देउवाले पाउने निश्चित देखिएको छ ।

यहाँ बाँकी अन्य उम्मेदवारहरु मध्ये रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा राख्ने की कांग्रेसको महाधिवेशनको माहौल सर्वसम्मतिको गराएर रामचन्द्र पौडेललाई दिने भन्ने कुराको बहस पनि उत्तिकै बढेर गएको छ । निर्वाचन भएर जित्न पौडेललाई अप्ठेरो पर्ने भएकोले सर्वसम्मति भए लिने नभए कोइराला परिवारको कुनै एकलाई सहयोग गरेर गएपछि भविष्यमा हुन सक्ने राष्ट्रपतिको भाग पर्खिएर बस्नु बाहेक अर्को विकल्प पौडेलको छैन ।

प्रकाशमान सिंहलाई गणेशमान सिंहको सुपुत्र भएको कारण एकपटक उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक बनाउनु पर्दछ भन्ने तर्क दिनेहरुको विचारलाई सम्मान गर्नुपर्ने दिन समेत आइसकेको छ । गणेशमान सिंहले प्रधानमन्त्री पद समेत छोडेकाले उनका छोरालाई एकपटक प्रधानमन्त्री बनाएर लौहपुरुष सिंहको त्याग प्रति न्याय गर्नु पर्दछ । यसको लागि प्रकाशमान सिंह पार्टी सभापति नभएर पनि प्रधानमन्त्री हुन सक्छन् । यस्तो अवस्थामा प्रकाशमान सिंहले सभापतिमा उठ्नु भन्दा आफूलाई प्रधानमन्त्री बन्ने अवसर जसले दिन्छ उसलाई समर्थन गर्ने रणनीतिमा जानु पर्दछ ।

बाँकी रहेका गोपालमान श्रेष्ठ र कल्याण कुमार गुरुङ् र कृष्ण प्रसाद सिटौलाको इच्छा यसपटक पुरा भएन भने कहिल्यै पुरा हुँदैन । त्यसैले उनीहरुको उम्मेदावरी पर्नुनै पर्दछ । आफ्नो मिहिनेत अनुसार केही न केही मत पाउनु नै हुनेछ । जसरी गिरिजाप्रसाद कोइरालाको विरुद्धमा पनि पहिले पनि कोही न कोही उठी रहेका हुन्थे र जमानत जफत भएजस्तै स्थिति हुन्थ्यो । त्यसैले निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने सबैलाई पहिलो चरणमा उम्मेदवार बन्न दिनु पर्दछ र दोस्रो चरणमा मात्र दुई चरणमा हुने निर्वाचनले एकजना कोइराला परिवारका र एकजना शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने नै छ । तर शेरबहादुर देउवाले बिमलेन्द्र नीतिलाई सभापति बनाएर आफ्नो सात पटक सम्म प्रधानमन्त्री बन्ने भाग्य पुरा गराउन थप बल प्राप्त गर्न पनि सक्नेछन् ।

चिना, भाग्यमा विश्वास गर्ने शेरबहादुर देउवाका पण्डितहरुले सभापतिमा यसपटक तपाई नउठउनु होला त्यसो भएमा प्रधानमन्त्रीमा कसैले रोक्न सक्दैन भन्ने बताइदियो भने त्यसलाई कार्यान्वयन गर्न तर्फ लाग्न सक्नेछन् । यस्तो अवस्था आयो भने विमलेन्द्र निधीको विजय सुनिश्चित हुन सक्छ । तर नेपालमा मधेसी र पहाडीबीचको खाडल अझै बाँकी रहेकोले बिमलेन्द्र निधीलाई यसपटकको निर्वाचन फलामको चिउरा सावित हुने छ । अर्थात पहाडी समुदायबाट जति चिप्लो आश्वासन उनले पाइरहेका हुनेछन् त्यो मतगणना भएपछि छाँगाबाट खसेजस्तै हुनेछन् ।

महाधिवेशको परिणाम जस्तो सुकै भएपनि शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासलाई नै सम्पर्क कार्यालय बनाएको बुझिएको छ । रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन् । कृष्णप्रसाद सिटौलाले महाधिवेशनका लागि बत्तीसपुतलीमा सम्पर्क कार्यालय खोलेका छन् शेखर कोइरालाले अनामनगर र बालुवाटारमा छुट्टा–छुट्टै सम्पर्क कार्यालय खोलेका छन् । प्रकाशमान सिंह र शशांक कोइरालाले भने आफ्नै बासस्थानमा भेटघाटलाई तीब्र बनाएका छन् ।

निधीले सम्पर्क कार्यालय खोल्दा बधाइ दिन आउनेहरु मध्ये केही महत्वपूर्ण व्यक्तिहरु डा. शेखर कोइराला निकट पनि देखिनुले कतै शेरबहादुर देउवालाई एक्लो उम्मेदवार उठ्न दिंदा कोइराला परिवारको हात हुने बुझेर निधीलाई टेवा दिन त आएका होइनन् भन्ने आशंका गरिएको छ । यसमा स्वयं निधीले विश्लेष्ण गरेकै होलान । निधिले देउवा, पौडेल र मधेसका कोइराला पक्षका नेता कार्यकर्ता बटुलेर जीत हाँसिल गर्ने रणनीति बनाएका छन् ।

निधिले जनताले कांग्रेसको दूरदर्शी नेतृत्व चाहेको बताए पनि आफू मन्त्री हुँदा गरेको व्यवहार र गतिविधिलाई भुलेका छैनन् । उनको मन्त्रीको कार्यकाल पनि विभिन्न जालझेल, छलकपट र घमण्डी व्यवहारबाट लतपत भएको थियो भन्नेहरु छन् । निधिले पार्टी र देशमा युवा नेतृत्वको खाँचो भएको बताए पनि कांग्रेस भित्रको विपीको धारणालाई निधीले कसरी व्याख्या गरिरहेका छन् भन्ने विषयमा भने विस्तृतिकरण नगर्नुले सैद्धान्तिक अलमल अझै कायम छ भन्ने देखिएको छ ।

निधिले जनताले कांग्रेसको दूरदर्शी नेतृत्व चाहेको बताए पनि आफू मन्त्री हुँदा गरेको व्यवहार र गतिविधिलाई भुलेका छैनन् । उनको मन्त्रीको कार्यकाल पनि विभिन्न जालझेल, छलकपट र घमण्डी व्यवहारबाट लतपत भएको थियो भन्नेहरु छन् । निधिले पार्टी र देशमा युवा नेतृत्वको खाँचो भएको बताए पनि कांग्रेस भित्रको विपीको धारणालाई निधीले कसरी व्याख्या गरिरहेका छन् भन्ने विषयमा भने विस्तृतिकरण नगर्नुले सैद्धान्तिक अलमल अझै कायम छ भन्ने देखिएको छ । निधीबाट कांग्रेसको कुन सैद्धान्तिक धारलाई अगाडी बढाउन उनको सभापतिको लागि उम्मेदवारी हो भन्ने कुरा आगामी दिनका उनका अभिव्यक्तिहरुमा आउनुपर्ने बौद्धिक बर्गले धारणा राखेका छन् ।

तर शेरबहादुर देउवालाई एकातर्फ निधीले चनौती दिइरहेका छन् भने अर्को तर्फ रामचन्द्र पौडल गुटले सक्रिय सदस्यताको नामावली ल्याऊ त सक्रिय सदस्यको नामावली सार्वजनिक नभएसम्म वडा तहको निर्वाचन हुन नदिने जस्ता कुरा गरेर विवाद माथी विवाद थप्ने काम गरिरहेका छन् । शुक्रबार नै रामचन्द्र पौडेल समूहले वडा अधिवेशन अगाडि सबै जिल्लाहरुको क्रियाशील सदस्यताको सबै प्रतिवेदन सार्वजानिक गर्न सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने बताएको छ । रामचन्द्र पौडेल गुटले सबै जिल्लाको सदस्यहरु एकै साथ सार्वजानिक गर्ने र धर्नामा बसेका जिल्ला सभापतिहरुसँग संवाद गरी अधिवेशनको सुनिश्चित गर्न दवाव दिने बताएर अझै वडा स्तरीय निर्वाचन समयमा हुन नदिने हुन कि भन्ने चिन्ता कांग्रेसजनमा पलाएको देखिन्छ ।

नेपाली कांग्रेसले जनविश्वास जित्न जवाफदेही भएर समयमा महाधिवेशन गराउन नसकेपनि पार्टीनै कारवाहीमा पर्न नदिनका लागि भदौ १८ गतेबाट निर्वाचन शुरु गर्नुपर्ने बाध्यता छ । यसका लागि कांग्रेसका सबैगुट १७ गते राती अवेरसम्ममा पनि मिलेर १८ गतेको निर्वाचन सम्पन्न नै गर्नेछन् । केही वडाहरुमा तोकिएको दिन निर्वाचन हुन नसकेपनि विस्तारै निर्वाचन गराएर मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने महाधिवेशनमा भने सबै जिल्लाले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरोस भन्ने कामना गर्न सकिन्छ ।

निर्वाचनमा गुट उपगुट हुनु स्वभाविक हो । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्न चाहने नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरुलाई स्वतन्त्र, निष्पक्ष र दवाव रहित अवस्थामा प्रजातान्त्रिक प्रक्रियाले निर्वाचन प्रक्रियामा सहभागिता हुन दिनु नेपाली कांग्रेस पार्टीको नेतृत्व बर्ग र निर्वाचन समितिको कर्तव्य हो । कांग्रेसले योग्य र सक्षम नेतृत्व चयन गर्न सफल होस । निर्वाचन हुनु ह्वाइट डेमोक्रेशी हो । नेपाली कांग्रेसले कसैलाई पनि दवाव नदिई निर्वाचन रुपी पर्वमा सबैलाई प्रतिस्पर्धा गर्ने अवसर दिन कन्जुश्याई नगरोस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *