उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित)

डिसी नेपाल
१२ भदौ २०७८ २१:२४

वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी तथा सदस्यहरु एवं गैरआवासीय सम्पूर्ण नेपाली समुदायमा धन्यवाद ज्ञापन गरेको हो ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष उपेन्द्र महतोले सगुनप्रति भरोसा गरेको भन्दै महतोले सगुनबारे बोलेका कुराहरुसमेत भिडियोमा राखेर धन्यवाद दिएका हुन् ।

संस्थापक अध्यक्ष महतोले सगुनजस्तो एपको माध्यमबाट गैरआवासीय नेपालीले आफ्नो क्षेत्रबाट नेपाललाई चिलाउने काम गरिरहेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘तपाईंले सगुनलाई कमाउने अवसर दिँदा त्यो कमाइको निश्चित प्रतिशत तपाईंले नै पाउने हो,’ महतोले भनेका छन्, ‘त्यो प्रतिशत धेरै नहुन सक्छ । विशेष गरी सामाजिक संजालले दिएको यस्तो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सगुन नेपालीकै उत्पादन भएको कारण यसलाई नेपालीले विशेष साथ दिनुपर्ने बताएका छन् । नेपालीले साथ दिए विदेशीहरुले पनि साथ दिने उनको भनाइ थियो ।

सगुनका सहसंस्थापक सिटौलाले एनआरएनका संस्थापनहरुले नै एनआरएनले स्थापना गर्दा नै सगुनजस्तो एनोभेटिभ महत्वपूर्ण र नेपाललाई विश्वसमा चिनाउने परियोजनाहरु जन्माउनुपर्छ भन्ने परिकल्पना गरेको उल्लेख गर्दै एनआरएनका संस्थापनहरुले सगुनको स्थापनाकालदेखि नै सहयोग र सद्भाव देखाएको भन्दै एक भिडियो सन्देशमा धन्यवाद दिएका छन् ।

परिकल्पना, विश्वास र साहस बोकेर रचनात्मक सहयोगका लागि विदेशी भूमिमा होमिएका समृद्धिका अभियानकर्तालाई एनआरएनको ठूलो प्रेरणा प्राप्त भएको उल्ल्लेख गर्दै सिटौलाले यो क्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *