घस्रेरै बित्यो सरकारको डेढ महिना

डिसी नेपाल
१३ भदौ २०७८ ७:०७
68
Shares

काठमाडाैं। गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो।

तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्न उठेका छन्।

संसद बिजनेसविहीन छ। तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन्।

यसबीचमा न त सरकारले कुनै उल्लेख्य काम गर्न सकेको छ, न त जनताले नयाँ सरकारको अनुभूति गर्न सकेका छन्। ४५ दिनमा देउवा कहाँ–कहाँ फितलो देखिए त ? यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *