एनआरएनएको युवा संयोजकमा क्यानडाबाट विमलाको उम्मेदवारी

डिसी नेपाल
१३ भदौ २०७८ ८:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिको युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सन् २०१३ देखि एनआरएनएको अभियानमा जोडिएकी सापकोटाले सन् २०२१–२०२३ को कार्यसमितिको लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

नवलपरासीको गैडाकोटमा जन्मिएकी विमला सन् २०१२ देखि क्यानडामा बसोबास गर्दै आइरहेकी छन् । नेपालमा हाल उनको बसाइँ पोखरामा छ । उनले सन् २०१७–१९ सम्म एनसीसी क्यानडाको महिला संयोजक भएर काम गरिसकेकी छन् भने एनआरएनएको करिब एक दशक लामो अभियानबाट प्राप्त गरेको अनुभवलाई उनी प्रयोगमा ल्याउन चाहन्छिन् ।

सन् २०१९ देखि उनी अमेरिकी क्षेत्रीय युवा संयोजक भएर काम गरिरहेकी छन् । उनले एनआरएनएको विश्व स्वास्थ्य समितिमा आवद्ध भएर महिला, बालबालिका तथा युवासँगको कार्यक्रम सफलतापूर्वक संयोजन गरिसकेकी छन् ।

एनआरएनएमा युवा पुस्ताको आकर्षण न्यून रहेकोले आफ्नो उम्मेदवारी दोस्रो पुस्तालाई एनआरएनएमा सहभागी गराउने बताएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *