गण्डकीमा ५०४ सङ्क्रमण मुक्त

डिसी नेपाल
१३ भदौ २०७८ २२:२०

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५०४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २३० जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा छजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कास्की र तनहुँका तीन÷तीनजना छन् । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९० पुगेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार प्रदेशमा कोरोना सङ्क्रमणका कारण ५१ जनाको मृत्यु भएको छ भने दुई हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ४१८ पुगेको र होम आइसोलेशनमा तीन हजार १८१ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *