‘यति हट छु कि अन्तरवार्ता लिने पुरुष नै आत्तिन्छन्, त्यसैले कुनै जागिर पाएकी छैन’

डिसी नेपाल
१४ भदौ २०७८ ११:३४

काठमाडौं। विश्वमा बेरोजगारी ठूलो समस्या हो । मानिस बेरोजगार हुनुका फरक फरक कारण हुन सक्छन् तर एक मोडलले आफू बेरोजगार हुनुको यस्तो अनौठो कारण बताएकी छिन् कि मानिसहरु सोच्न बाध्य भएका छन् । यी मोडलका अनुसार उनी यति सुन्दर र हट छिन् कि यही कारण उनले सामान्य जागिर पनि पाउन सकेकी छेनन् ।

डेली मिररको एक रिपोर्टअनुसार अमेरिकाको उत्तरी क्यारोलिनाकी ३२ वर्षीया एमी कुप्स नामकी एक मोडल १३–१४ वर्षका बालबालिकालाई पढाउने काम गर्थिन् । तर, जब ती बालबालिकाका अभिभावकलाई एमी ओन्लीफ्यान्स मोडल भएको थाहा भएपछि उनी यो जागिर छोड्न बाध्य हुनुपर्यो । एमीका अनुसार उनले यो काम छोडेपछि उनलाई सामान्य जागिर खोज्न पनि निकै कठिन भएको छ किनकि उनको सुन्दर लुकका कारण जागिरका लागि अन्तरवार्तामा समस्या आउँछ ।

एमीले भनिन् ‘यति हट हुनु सधैं मेरो लागि एक समस्या बनिरहेको छ । तर मलाई लाग्छ अब म आफैंमा यति आत्मविश्वासी भएकी छु कि म ती मनिसहरुलाई आत्तिने बनाउँछु जसले मेरो अन्तरवार्ता लिन्छन् ।’ एमीका अनुसार शिक्षिका बन्नुभन्दा पहिले उनी एक स्टोरमा जागिरको लागि अन्तरवार्ता दिन गएकी थिइन् । त्यहाँको म्यानेजरले उनलाई अफिसमा आउन भने । जब उनी अफिसमा गइन् म्यानेजरले उनको छाती र अनुहार घुरेर हेर्न थाले । उनको अनुहारमा पसिना थियो र उनी काँपिरहेका थिए ।

एमीका अनुसार केही बेरका लागि उनी त्यहाँबाट निस्किए । फर्किएपछि एमीको तारिफ गर्दै जागिर दिन अस्वीकार गरे । एमीलाई ओन्लीफ्यान्समा मोडलिङ गर्न मन पर्छ तर उनी केही अरु नै स्थायी काम गर्न चाहन्छिन् । उनका अनुसार पछिल्लो समय उनी जहाँ पनि अन्तरवार्ताको लागि गइन् त्यहाँका मानिसहरु उनलाई हेरेको हेर्यै हुन्थे । एमीका अनुसार उनको सुन्दरता र हटनेस देखेर पुरुषहरु आत्तिन्छन् । शायद यही कारण उनले काम पाइरहेकी छेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *