करेन्ट लागेर महिलाको मृत्यु

डिसी नेपाल
१४ भदौ २०७८ २१:१०

सप्तरी । सप्तरीको महादेव गाउँपालिका १ स्थित पकरीमा आइतवार राती करेन्ट महिलाको मृत्यु भएको छ । स्थानीय बेचन सदाका ५३ बर्षिया पत्नी अमेरिकी देवी सदाको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार राती ९ बजे घर छेउमा ट्युवेलतर्फ पानी लिन जाँदा सदालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते सदाको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गर्ने क्रममा आइतबार मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

सदाको शव परीक्षण गरी परिवारको जिम्मा लगाएको तथा घटनाबारे थप अनुसान्धन भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *