चार दिनको झरीपछि आजदेखि मौसममा सुधार
काठमाडौं। मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ। चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकामा मंगलबार थप सुधार भएको छ।
नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो। यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मंगलबार राति बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षा हुने देखिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment