एनआरएनएको युवा उपाध्यक्षमा नेदरल्याण्डबाट हिमाल गुरुङको उम्मेदवारी

डिसी नेपाल
१५ भदौ २०७८ ११:५७

काठमाडौं। ‘युवा एवं दोस्रो पुस्तामा अबको एनआरएनए’ भन्ने मूल नाराका साथ हिमाल गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए/आइसीसी )को आसन्न निर्वाचनको युवा समिति उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेदरल्याण्डमा विभिन्न व्यवसायमा २ दशकदेखि कार्यरत पोखरा निवासी गुरुङले आगामी २०२१–२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका हुन् ।

सन् २०११ देखि एनआरएनए अभियानमा जोडिएका गुरुङ २०१५–०१७ कार्यकालमा एनसीसी नेदरल्याण्डको अध्यक्ष थिए । उनीसँग आइसीसी सदस्य (२०१७–१९) भएर काम गरेको अनुभव छ ।

युवा संयोजक भएर काम गरिसकेका गुरुङले फेरि पनि युवाहरुकै लागि काम गर्ने तीव्र इच्छा भएकोले युवा उपाध्यक्ष पद रोजेको बताएका छन् । युवा तथा दोस्रो पुस्तालाई एनआरएनएमा जोड्नु नै आफ्नो प्राथामिकता रहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *