अरु चुनाव प्रचारमा राजन कामको प्रचारमा : देशको सीमा भारतले मिच्दा अमेरिकामा आवाज उठाएकोमा गर्व छ : राजन

डिसी नेपाल
१६ भदौ २०७८ ८:५०

वाशिंटन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा विश्वभरका एनआरएन नेताहरु भोट माग्न जुटिरहेका बेला अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी भने आफूलाई भोट माग्नुभन्दा पनि आफूले गरेका कामहरुबारे गैरआवासीय नेपालीहरु बताउँदै हिंडेका छन्।

सामाजिक सञ्जालका नेटवर्कहरुमार्फत उनले आफ्नो कार्यकालभर गरेका कामहरुबारे बताउंदै प्रतिकुलतामा पनि केही गर्न सकिने विश्वास जागेको बताउन थालेका हुन्। आफ्नो कार्यकालमा आफ्नो मातृभूमि नेपालको सीमा मिचरे भारतले जवर्जस्ती गरेकोमा अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठाउने क्रममा अमेरिकामा नेतृत्वदायी भूमिका खेलेकोमा उनले गर्व गरेका छन्।

लिम्पियाधुरा,कालापानी, लिपुलेकलगायतका नेपाली भूमि मिचिँदा मर्माहत भएका अमेरिकावासी नेपालीको भावना र सक्रियताको नेतृत्व गर्दै प्रदर्शनहरुमात्र होइन संयुक्त राष्ट्र संघ मुख्यालयमा गएर युएनका लागि अमेरिकी राजदूतमार्फत प्रमाणहरु सहितका दस्तावेजहरु बुझाएको सन्दर्भलाई मातृभूमिप्रतिको आफ्नो जिम्मेवारीका रुपमा राजनले व्याख्या गरेका छन्।

त्यसैगरी गैरआवासीय नेपालीलाई विना शर्त नागरिकता दिन विशेषज्ञहरुको साथ लिएर विभिन्न कार्यक्रमहरुमार्फत नेपाल सरकारलाई दवाव दिएको, कोरोना महामारीका बेला अमेरिकाज् क्षेत्रका नेपाली समुदाय र नेपाल देशका लागि आईसीसीको निर्देशिकावमोजिम सहयोगका कार्यको नेतृत्व र समन्वय गरेको, आईसीसी र एनसीसीहरुबाट नेपाललाई महामारीविरुद्ध लड्न सहायता सामग्री पठाउन समन्वयात्मक कार्य गरेकोमा आफूलाई आत्म गौरब हुने गरेको उनले डिसी नेपाललाई बताए।

“चुनावी कुरा गर्दै गरौंला”, सबैले उम्मेद्वारी घोषणा गरे पनि तपाईंले चाहिं किन नगर्नुभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, “यो नियमित लोकतान्त्रिक प्रक्रिया हो तर नेपाली समाजमा गर्व गर्न लायक काम के के भए भन्ने समीक्षा हुनु चाहिं महत्वपूर्ण छ।”

गैरआवासीय नेपाली संघ, अमेरिकाको अत्यन्त विवादित २०९३ संख्याको फर्जी मतदाताबारे छानविन समितिको नेतृत्व गरी यथार्थ विवरण प्रतिवेदन आईसीसीलाई बुझाएको, अमेरिकाज क्षेत्रको दोस्रो ज्ञान सम्मेलन र क्षेत्रीय अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गरेको, आईसीसी र एनसीसीका बीच बढ्दो तनावलाई कम गर्न अधिकतम प्रयास गरेको, सबैपक्षलाई नियम र विधानअनुसार काम गर्न अनुरोधात्मक दवाव दिँदै आएको, गैरआवासीय नेपालीहरुका मुद्धाहरुलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मन्चहरुमा प्रभावकारीरुपमा उठाएको, एनसीसी र आईसीसीका परियोजनाहरु सफल बनाउन उल्लेख्य भूमिका खेलेको, युवा तथा महिलाका विषयमा युवा उद्यमशिलता तथा महिला  अभियन्ताहरुसँग मिलेर सशक्तिकरण तथा हिंसाविरोधी कार्यक्रमहरुलाई अघि बढाएकोमा आफूलाई सन्तुष्टि मिलेको त्रिपाठीको भनाइ छ ।

उनकै नेतृत्वमा दक्षिण अमेरिकाका तीन देशहरु चिली, मेक्सिको र केष्टारिकामा एनआरएनएको गठनसमेत भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *