प्रदेश २ का ११ सांसदले रोजे लोसपा

डिसी नेपाल
१६ भदौ २०७८ १८:५७

धनुषा । प्रदेश २ मा जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर उनीहरूले लोसपामा सनाखत गरेका हुन् ।

बुधबार निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेश सांसदहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरी नरायाण साह, जानकी शरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो छन् । तर, निर्वाचन आयोगले सनाखतको समय भदौ २२ सम्म दिएकोले लोसपामा जाने सासदको संख्या बढ्ने बताइएको छ ।

अहिले प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ जना सासद रहेका छन् । ५५ मध्ये तत्कालिन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ जना सासद रहेका छन् ।

लोसपाका सासद तथा निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लोसपा सनाखत गर्नेको संख्या बढ्ने बताए । उनले भने, ‘मलाई केही माननीय सासदहरू बिहीबार सनाखत गछौ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *