अर्थमन्त्रीबाट हटाइएका यादवले तीन दिनपछि गरे पुन: पदभार ग्रहण

डिसी नेपाल
१६ भदौ २०७८ २२:३३

जनकपुरधाम । प्रदेश २ को अर्थमन्त्रीबाट हटाइएका विजय यादवले तीन दिनपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि मन्त्री यादव असन्तुष्ट भएका थिए । उनीसँगै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले १४ भदौमा पदभार ग्रहण गरे पनि मन्त्री यादवले बिहीबार मात्र पदभार ग्रहण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *